एमाले जिल्ला अधिवेशनमा पदाधिकारी र सदस्यका लागि यस्तो छ मापदण्ड

गन्थन संवाददाता, पोखरा । नेकपा (एमाले) को पुष २३ गते एकै दिन ७७ वटै जिल्लामा अधिवेशन हुँदैछ । उक्त अधिवेशनमा सहभागि हुनका लागि केन्द्रीय संगठन विभागले मापदण्ड निर्धारण गरेको छ । विभाग प्रमुख खगराज अधिकारीद्वारा जारी मापदण्ड पत्र अनुसार जिल्ला पदाधिकारी हुनका लागि २ कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा १ कार्यकाल सचिवालय सदस्य भई काम गरेको हुनुपर्नेछ ।

त्यस्तै सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा १ कार्यकाल पुरा गरेको हुनुपर्नेछ । साथै एकता एकीकरणबाट पार्टीमा समाहित भएकाहरुको हकम भने विधानको धारा ६३ को (११) अनुसार हुने जनाइएको छ ।

कमेन्टहरु
Loading...