पोखरामा नगर बस गुड्दा गुड्दै जमिन भासियाे

पोखरा । पोखरा ३ नदिपुरमा पोखरा नगर बस गुड्दा गुड्दै जमिन भासिएको छ । बगरदेखि महेन्द्रपुलतिर आउदै गरेको ग१ख ६४५४ नम्बरको बसको टायर फसेको हो । जमिन भासिएको ठाउँमा केही दिन अगाडि मात्रै अस्फाल्ट पिच गरिएको थियो ।

घटना सामान्य रहेको जनाउँदै डिएसपी तिवारीले बसमा सवार यात्रुलाई केही नभएको बताए । पोखरामा पानी र पानीको पाईपकै कारण महेन्द्रपुल क्षेत्रमा ठूलो भ्वाङ नै परेको थियो । पोखरामा भौगोलिक बनावटका कारण विभिन्न क्षेत्रमा ठूला भ्वाङ पर्ने गरेका छन् ।

कमेन्टहरु
Loading...