पोखरा । पोखरा–५ मालेपाटन गणतन्त्र चोकमा स्माइल मार्ट सचालनमा आउने भएको छ । मार्टको पुष १० गते औपाचारीक उद्याटन हुने संचालक कृष्ण प्रासाद भट्टराईले जानकारी दिए । क्रिशमसको अवसर पारेर यस मार्टले यही पुष १० गते ग्राण्ड ओपनिङ गर्न लागेको हो ।मार्टमा दैनिक उपभोग्य सामान सुपथ मुल्यमा उपलब्ध हुनेछन् । दैनिक उपभोग्य खाद्य सामग्री, कस्मेटीक, पेयपदार्थ, किचन वेयर लगाएत इलेक्ट्रोनिक्स सामान उपलब्ध हुने संचालक भट्टराइले जानकारी दिए । उद्याटन देखी पौष १७ गतेसम्म हरेक सामान खरिद गर्दा ५ देखी २५ प्रतिशतसम्म छुट रहेको भट्टराइले जानकारी दिए । तीन हजार भन्दा माथिको खरिदमा निशुल्क होमडेलीभरीको सुविधा रहेको छ । अनलाईन तथा फोनको माध्यमबाट बुकिङ गर्न सकिने छ ।
मार्टमा गएर खरिद गर्न चाहने ग्राहकका लागि निशुल्क सुविधायुक्त पार्किङको व्यवस्था रहेको छ । ४ करोडको लागतमा खुलेको मार्टले त्यस क्षेत्रका उपभोक्ताले एकै ठाउबाट आफुलाई चाहिने सामानको खरिद सुविधा लिन सक्ने छन् ।
पोखरा बाग्लुङ हाईवेमा पर्ने यस मार्ट प्रस्याङ, मालेपाटन, बिन्दावासीनी, जिरो किमि, धारापानी लगाएत ठाउँहरुका जनतालाई लक्षित गरि मार्ट सन्चालनमा ल्याइएको भट्टराइ बताउछन्। 
२०८२ मंसिर २३ गते सोमबार
पोखरा–५ मालोपाटन गणतन्त्र चोकमा खुल्यो स्माइल मार्ट
कमेन्टहरु