विवादपछिको झडपमा परी ग्वाटेमालामा १३ को मृत्यु

ग्वाटेमालामा भएको झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

जग्गासम्वन्धी विवाद चर्किदै गएपछि झडप भएको र उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेमा महिला र बालबालिका समेत रहेका छन् । नाहौला नगरपालिकामा जग्गा र पानी सम्वन्धी विवाद भएको हो ।

“घटनामा परी महिला र बालबालिका सहित कम्तीमा १३ जनाको दुःखद् निधन भएको छ,” स्थानीय एक प्रहरी अधिकारीले भने । उनीहरुका अनुसार घटनामा परेर सुरक्षाकर्मी तर्फका दुई जना घाइते पनि भएका छन ।

कमेन्टहरु
Loading...