फेवाताल किनारमा ‘पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने

राजु गिरी, पोखरा । पर्यटकीय नगरी पोखराको फेवाताल किनारामा पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२१ हुने भएको छ । नेपाल संस्कृति केन्द्रको आयोजनामा पुष १२ गतेदेखि १६ गतेसम्म फेवाताल किनारमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको हो ।

महोत्सवमा विश्वभरका २० राष्ट्रबाट लामा तथा छोटा गरि २ सय बढी चलचित्र तथा वृत्तचित्र प्रदर्शन हुने महोत्सव संयोजक प्रविण कार्कीले बताए । उनका अनुसार कला क्षेत्रका हस्ती, उद्यमी, साहित्यकार, संगीतकार, लेखक बीच कला क्षेत्रलाई बजारको संभावना तथा चलचित्रको प्रवद्र्धनका विषयमा छलफल र अन्तरक्रिया हुनेछ ।

महोत्सवमा विभिन्न साँस्कृति प्रस्तुती, थारुनाच, र्याम्प वार्क, भेषभुषा प्रदर्शन, गुरुङ नृत्य, खत्रीहरुको खुकुरी नृत्यलगाएत नेपाली आकर्षक मौलिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । साथै महोत्सवको मुख्य कार्यक्रम फेवाताल किनारमा र अन्य विभिन्न कार्यशालाहरु, प्रस्तुतीहरु चलचित्र प्रदर्शनी हल, होटललगाएतका विभिन्न स्थानमा हुने आयोजकले बताएको छ ।

महोत्सवमा चलचित्र प्रदर्शनीका साथमा सांगितिक प्रस्तुती, साईकल कार्यक्रम, फोटो प्रदर्शनी, साँस्कृतिक नृत्यलगाएतका विभिन्न कार्यक्रम हुने भएकाले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने महोत्सवका मुख्य व्यवस्थापक रिगेन्द गिरीले बताए । साथै पर्यटकीय नगरी पोखरामा फिल्म फेस्टिभल गराउन सकिने स्थान सरकारी तवरबाटै निर्माण हुनु पर्ने उनको भनाई थियो ।

कमेन्टहरु
Loading...