पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संगठन बिभाग प्रमुख खगराज अधिकारीले एमाले बिना देश चल्न सक्दैन भन्ने बिश्वास आम जनताहरुमा रहेको बताएका छन् ।
एमाले रुपा गाउँ कमिटीको पुर्ण बैठकलाई सम्बोधन गर्दै अधिकारीले जनताको समर्थनका आडमा एमाले बलियो बन्दै आएको बताए । जनताको लहर एमालेको पक्षमा रहेको पुष्टि दशौ महाधिवेशनले गरेको उनले बताए ।
एसिसी सम्झौतामा लेखिएका केही शर्तहरु गलत भएको भन्दै उक्त सम्झौता गरेका काङ्ग्रेस र माओवादीले जनतालाई जवाफ दिनुपर्ने उनको भनाई थियो ।
बैठकमा बोल्दै एमाले प्रदेश सचिवालय सदस्य शिव खनालले अबको निर्वाचनलाई ध्यानमा राखी पार्टी अभियानमा लाग्न आग्रह गरे ।
बैठकले २१ सदस्यीय सचिवालय गठन गरेको कार्यवहाक अध्यक्ष निलकण्ठ रेग्मीले जानकारी दिए ।