काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको दौडबाट पछि हटेका छन् । शनिबार बिहान आफ्नो निवास बोहराटारमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले आफु सभापतिको रिङबाट बाहिरिएको प्रतिक्रिया दिएका हुन् ।
‘मलाई साथीहरूले असहयोग गरे । त्यसैले म सभापतिको रिङबाट बाहिरिएँ । कांग्रेसको राजनीतिबाट बाहिरिएको होइन्,’ उनले भने । उनका लागि शेखर कोइराला र शशांक कोइराला दाबी छाड्न तयार भए पनि प्रकाशमान सिंह तयार नभएपछि पौडेल पछि हटेका हुन् । उनले आफ्नोपक्षबाट आफूलाई एकल उम्मेदवार बनाइएमात्रै अघि बढ्ने तयारी गरेका थिए ।