हिंसामुक्त समाज बनाउन प्रतिवद्ध छौं : अध्यक्ष ओझा

पोखरा । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले हिंसा मुक्त समाज बनाउन आफुहरु प्रतिवद्ध रहेको बताएका छन् ।

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तरगत सामाजिक विकास कार्यालय कास्की, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र रुपा गाउँपालिकाको आयोजनामा गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले पालिका भित्र कुनै पनि हिंसा दायित्व आफुहरुको रहेको बताउँदै हिंसा मुक्त समाज बनाउन प्रतिवद्ध रहेको बताएका हुन् ।

अधिकार र कर्तव्यबोध गर्न सकेमा हिंसा न्युनिकरण हुने उनको भनाई थियो ।

अध्यक्ष ओझाले अधिकारका क्षेत्रमा काम गर्ने नागरिक संघसंस्थाहरुसंगको समन्वयमा स्थानिय सरकारले अभियान संचालन गर्ने र सहकार्य अगाडी बढ्न सकेमा उपलब्धी हाँसिल गर्न सकिने बताए ।

सामाजिक विकास कार्यालय कास्कीका प्रमुख इन्द्रबहादुर थापाले सामाजिक विकास कार्यालयको वार्षिक नीति तथा कार्यक्रमको बारेमा जानकारी गराउदै प्रस्तुति दिएका थिए ।

उहाँले कार्यालयले शिक्षा, विज्ञान, महिला, बालबलिका तथा जेष्ठ नागरिक लगायतको क्षेत्रमा काम गर्ने जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले न्यायिक समिति र वडाहरुको समन्वयमा महिला हिंसा न्युनिकरणका अभियानहरु संचालन भईरहेको बताइन् ।

May be an image of 7 people and people standing

उहाँले लैंगिक हिंसा भित्र पनि महिला हिंसा बढिरहेको भन्दै पालिका हिंसा न्युनिकरणका लागि प्रयासरत रहेको बताइन् ।

यस्ता अभियानले हिंसा न्युनिकरणमा भुमिका खेल्ने बताउँदै निश्चित समय मात्रै नभई दैनिक रुपमा हिंसाका विरुद्धमा आवाज उठाउन आवश्यक रहेको उनको भनाई थियो ।

मानवअधिकार समुहका अध्यक्ष इन्द्र बहादुर थापाले सबैको साझा प्रयासबाट मात्रै हिंसा न्युनिकरण गर्न सकिने बताउँदै सबैले आ आफ्नो घरबाट हिंसा न्युनिकरणमा भुमिका खेल्नुपर्ने भनाई राखे ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले लैङ्गिक हिंसा र कानुनी उपचारको बारेमा र इन्सेक गण्डकी प्रदेश कार्यक्रम अधिकृत सवनम शर्माले महिला हिंसा र महिला अधिकारको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

कमेन्टहरु
Loading...