पोखरा /पोखरामा आजबाट नयाँ टेलिभिजन संचालनमा आउने भएको छ । केहि महिनादेखि परिक्षण प्रशारणमा रहेको सिटिवान टेलिभिजन पोखराको आज औपचारिक शुभारम्भ हुन लागेको हो । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले टेलिभिजनको शुभारम्भ गर्ने टेलिभिजनकी प्रबन्ध निर्देशन अनिशा श्रेष्ठले जानकारी दिईन् ।
आजबाट नियमित प्रशारण हुन लागेको सिटिवान टेलिभिजन क्लियर टिभि , प्रभु टिभि र डिसहोम मार्फत हेर्न सकिने ब्रोडकास्टीङ म्यानेजर बिष्णु गौतमले बताए । गौतमले पोखरामा प्रशारण भईरहेका टेलिभिजनमा भन्दा फरक कार्यक्रमहरुसहित सिटिवान टेलिभिजको प्रभावकारी उपस्थिति रहने बताए ।
कोरोनाले अर्थतन्त्र थिलिथिलो रहेको अवस्थामा पनि मिडियालाई नयाँ शैलिबाट संचालन गर्नुपर्छ भन्ने दृष्टीकोणसहित टेलिभिजन प्रशारणमा ल्याउन लागेको टेलिभिजनका अध्यक्ष पवन प्रजापतिले बताए । टेलिभिजनको आज साँझ ४ः३० मा पोखराको होटल ग्राण्डबाट एक कार्यक्रमबिच शुभारम्म हुने प्रजापतिले बताए ।