पोखरामा युवाको लागि सिप विकास मेला

पोखरा, ५ माघ/रोजगार कोषको सचिबालय हेल्भेटास स्विस ईन्टर को–अपरेशन नेपाल र पोखरा उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा आजदेखि पोखरामा युवाको लागि शिप बिकास मेला सुरु भएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने दुईदिने क्षेत्रिय मेलामा आर्थिक रुपमा कमजोर रहेका करिब ३ हजार युवालाई निःशुल्क तालिम दिईने आयोजकले जनाएको छ । रोजगार कोष अन्तर्गत तालिम लिएका, प्रशिक्षक प्रशिक्षण तालिम लिएका अनुभबि प्रशिक्षकहरुले तालिम दिनेछन् । मेलामा युवाहरुको शिप बृहत बिकास सम्बन्धि परामर्श समेत दिईने बताईएको छ । तालिममा मासिक ३ हजार भन्दा कम आम्दानी भएका आर्थिक रुपमा कमजोर १६ देखि ३५ बर्षका पुरुष र १६ देखि ४० बर्ष सम्मका महिला , कक्षा १० भन्दा कम अध्ययन गरेका पुरुष र १२ कक्षा पास नगरेका महिलालाई सहभागि गराईने रोजगार कोषले जनाएको छ । मेलामा बिशेष गरी युवाहरुलाई लक्षित गरी निशुल्क ब्यबशायीक तालिम प्रदान गरिने रोजगार कोषको सचिबालयका सञ्चार अधिकृत कोमल भट्टले जानकारी दिए ।

कमेन्टहरु
Loading...