जनताको समस्या लिएर गण्डकी प्रदेशका उर्जामन्त्री आचार्य काठमाडौँमा

 

काठमाडौँ । ‘जनतासँग मन्त्री र समस्या समाधानका लागि मन्त्रालय ‘ भन्ने अभियानमा गण्डकी प्रदेशका सबै जिल्ला दौडाहमा रहेका जलस्रोत, उर्जा, सिचाई तथा खानेपानी मन्त्री हरिशरण आचार्य यतिबेला जनताको समस्याको पोको बोकेर काठमाडौं आएका छन् ।

गण्डकी प्रदेशको सबै जिल्लामा पुगेर जनगणना ओ सुनेका मन्त्री आचार्यले प्रदेश सरकार र आफ्नो मन्त्रालयले सम्बोधन गर्ने खालका समस्याहरु प्रदेशमा नै समाधान हुने भएपनि प्राकृतिक प्रकोपबाट प्रदेशमा ठुलो क्षति भएको र त्यसको समाधानका लागि संघ सरकारको सहयोगको आवश्यकता रहेको हुँदा काठमाडौं आउन परेको आचार्यले बताए ।

‘आजसम संघ सरकार र प्रदेश सरकारको बिचमा सहकार्य बन्न नसकेका कारण जनतामा सरकारप्रति गलत धारणा छ त्यो धारणाको अन्त्य र सबै तहका सरकार जनतासँगै छ भन्ने अनुभुतिका लागि पनि हामी सहकार्य र सहयोगको प्रस्ताबसहित काठमाडौं आएको हौं । जनताको समस्या समाधान गर्ने बिषयमा सबै तहको सरकारको समान धारणा रहोस भन्ने हाम्रो पनि चाहना हो ।’ आचार्यले गन्थनसँग बताए ।

आचार्यले काठमाडौ रहदा आफ्ना बिभागीय मन्त्रीहरुसँग र मिलेसम्म प्रधानमन्त्रीसँग पनि जनसरोकारका बिषयमा छलफल हुने बताए । भेटघाटको क्रममा आचार्यले आज बिद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङसंग भेटघाट गर्नेछन । भने बिभागीय मन्त्रीहरुसंगको भेटघाट तालिका पनि बनिरहेको मन्त्रीका स्वकीय सचिब रबिन आचार्यले बताए ।

कमेन्टहरु
Loading...