एमालेको महाधिवेशनमा प्रधानमन्त्री देउवा र ओलीबिच भेट

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली बिच आज भेट भएको छ । एमालेको १०औं महाधिवेशनमा सरिक हुन प्रधानमन्त्री देउवा चितवन प्रधानमन्त्री देउवा चितवन आएका थिए ।

नेपाली कांग्रेसको तर्फबाट देउवाले एमालेको महाधिवेशनको पूर्ण सफलताको शुभकामना दिएका थिए भने शुभकामनाका लागी ओलीले देउवालाई धन्यवाद दिएका छन् ।

एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले हिजो ओलीलगायत धेरै वामपन्थी साथीहरू सँगै जेलमा बसेको स्मरण गर्दै त्यस्तो सम्बन्ध भएकाले लोकतन्त्र संस्थागत गर्न एमालेलाई आग्रह गरे ।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच ६ महिनापछि मञ्च सेयर भएको हो । देउवा प्रधानमन्त्री भएपछि ओलीसँगको संवाद ठप्प भएको थियो । तर, एमालेको महाधिवेशनमा देउवा र ओली सँगै मञ्चमा देखिए । बरु गठबन्धनमा आबद्ध दलका नेताहरू भने सबै सहभागी भएनन् ।

कमेन्टहरु
Loading...