एमाले महाधिवेशनः १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

चितवन । नेकपा एमालेको शुक्रबार (आज)बाट सुरु हुने १० औं राष्ट्रिय महाविधेशनमा १५ सयभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणी नदी किनार र बन्दसत्र हुने स्थान सौराह क्षेत्रको एकीकृत सुरक्षा योजना बनाएर सुरक्षाकर्मीहरु परिचालन गरिएको जिल्ला प्रसाशन चितवनले जनाएको छ ।
महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा आज मध्यान्ह १२ शुरु हुँदै छ । नेकपा एमालेले चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

उद्घाटन अघि विभिन्न स्थानबाट जुलूस निस्किने एमालेले जनाएको छ । उक्त जुलूस नारायणी नदी किनारमा पुगेर उद्घाटन सभामा परिणत हुनेछ । साथै उद्घाटन समारोहमा पाँच लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ ।

कमेन्टहरु
Loading...