पोखरा – ०६ लेकसाइड स्थित फेवा ताल किनारमा भीषण आगलागी भएको छ । आज बिहान करिब ३ः४५ बजे एक पसलबाट सुरु भएको आगोले ‘पाँच वटा रेष्टुरेण्टमा पूर्ण क्षती भएको कास्की प्रहरी प्रमुख, एसपी रमेश थापाले जानकारी दिए ।
आगलागीबाट डेढ करोड भन्दा बढी क्षति भएको तथा थप क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको एसपी थापाले बताए । आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।