प्रेस चौतारी कास्कीको आठौं अधिवेशन मंसिर ३ गते हुने

पोखरा । प्रेस चौतारी नेपाल कास्कीको आठौं अधिवेशन यहि मंसिर ३ गते पोखरामा हुने भएको छ ।

प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले आठौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाईएको छ । चौतारीका देशभरका शाखाहरु मध्ये कास्कीले उदहारणीय सन्देश दिनेगरी अधिवेशन सम्पन्न गरिने बैठकले निर्णय गरेको छ । अधिवेशन सफल पार्नका लागि अध्यक्ष गिरीको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरी कार्य अघि बढाईएको छ ।

सदस्यता नविकरण उप समितिमा संयोजकमा रञ्जन अधिकारी, आर्थिक उप समितिमा कमल सुवेदी, प्रचारप्रसार उपसमिति संयोजकमा जीवन सुवेदी, मञ्च व्यवस्थापन उपसमितिमा दिपक पौडेल र आन्तरिक व्यवस्थापन उपसमिति संयोजकमा गौरव त्रिपाठी रहेका छन् । लामो समयदेखि हुन नसकेको चौतारीको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । आगामी नेतृत्वका लागि सर्वसम्मतको प्रयास गर्ने समेत बैठकले निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...