पोखरामा एकै पटक सातै ठाउँबाट ‘सेभेन स्टेट फूड मार्ट’ नामक रेष्टुरेण्ट सञ्चालनमा आएको छ ।
पोखराको गैह्रापाटन, जिरोकिलोमिटर, रत्नचोक, प्रस्याङ, लेकसाइड, नदिपुर, विन्ध्यवासिनी लगायतबाट ‘सेभेन स्टेट’ले सेवा प्रवाह गरिरहेको छ। पानी पुरी र चटपट रेष्टुरेण्टको विशेषता हो । नेपालमै पहिलो पटक मेसिन माध्यमबाट पानी पुरीको स्वाद ग्राहकले लिन पाउँछन् ।
करिब एक करोड लगानीमा संचालनमा आएको ‘सेभेन स्टेट’ मा पानी पुरी र चटपट बाहेक फास्टफुडका सम्पूर्ण परिकार उपलब्ध छन् । फुटपाथमा पाइने पानीपुरी उही मुल्यमा ‘सेभेन स्टेट’ रेष्टुरेण्टमा उपलब्ध छ ।
रेष्टुरेण्टले टेक वे सेवालाई समेत प्राथामिकतामा राखेको छ । ग्राहकलाई आवश्यक पर्ने फास्टफुड शिघ्र उपलब्ध गराउने ध्येयका साथ रेष्टुरेण्ट संचालन गरिएको कृष्ण सुवेदीले बताए ।
उनका अनुसार ‘सेभेन स्टेट’ रेष्टुरेण्टमा ४० जनाले रोजगार पाएका छन्।बिहानको कलेजको समय सकेर दिउँसो काम गर्ने गरी कर्मचारीलाई व्यवस्था मिलाइएको उनले बताए।
सेभेन साइट’ रेष्टुरेण्टलाई भोलीको दिनमा अझै विस्तार गर्ने सोच सुवेदीको छ । हाल पोखरामा मात्र शाखा रहेको रेष्टुरेण्टलाई नेपालका अन्य शहरमा समेत संचालन गरिने बताइएको छ । विद्यार्थीका लागि लक्षित गर्दै रेष्टुरेण्ट संचालन गरिएको हो। सस्तो र सुलभ दरमा फास्टफुटको परिकार उपलब्ध गराउने गरेको सुवेदीले उल्लेख गरेका छन्।


