पोखरा । कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीको टिम अवलोकन भ्रमणका लागि चितवन प्रस्थान गरेको छ ।
दुई दिने सहकारी अध्ययन तथा अवलोकन भ्रमणका लागि म्यानेजर्स टिम शुक्रबार प्रस्थान गरेको हो । क्लवका अध्यक्ष अपिल कोइरालाको नेतृत्वमा ३२ सदस्यीय म्यानेजर्सको टोली चितवनको सौराहा पुग्ने भएको हो ।
उक्त टिम सौराहामा पुगी त्यहाँको सहकारीको अवस्था, चुनौतीलगाएतका विषयमा अन्तरक्रिया, छलफल तथा अध्ययन अवलोकन गर्ने क्लवका अध्यक्ष अपिल कोइरालाले जानकारी दिए । उनका अनुसार त्यहाँको विकु सहकारी र युनिक सहकारीमा अध्ययन अवलोकन गरिनेछ ।
क्लवको वार्षिक कार्यक्रम अन्तरगत नियमितरुपमा सहकारी अध्ययन अवलोकन गरिदै आएको सिएमसि कास्कीका सचिव मोहन अधिकारीले जानकारी दिए ।
साथै कोरोनाले थलिएको पर्यटन क्षेत्र आन्तरिक पर्यटनबाट टेवा पुराउन समेत भ्रमणले महत्वपूर्ण भुमिका खेल्ने कार्यक्रमका संयोजक हरि पन्थीले जानकारी दिए ।
