राष्ट्रिय जनगणना कार्यक्रमलाई सफल बनाउन मुख्यमन्त्री पोखरेलको आग्रह

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रिय जनगणनालाई सावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गरेका छन् । उनले जारी गरेको सन्देशमा तथ्यांकले प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुने र त्यसको फाइदा प्रदेशवासीलाई नै हुने उल्लेख गरेका छन् ।

आगामी दिन मुलुकको विकास तथा निर्माण प्रक्रियामा आवश्यक योजना तय गर्न यसले एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्ने भएकाले संविधानको मर्म र भावना व्यवस्थित गर्नका लागि अभियानलाई सफल पार्नुपर्नेमा जोड दिएका छन् ।

१२ औं राष्ट्रिय जनगणना ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित यस वर्ष आजदेखि सुरु भएको छ । यो नारालाई सार्थक बनाउन सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीहरुले जनगणनालाई अपनत्व लिएर गणकलाई सही विवरण टिपाएर सहयोग गर्न मुख्यमन्त्रीले पोखरेलले अनुरोध गरेका छन् ।

कमेन्टहरु
Loading...