काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफ्नो मान प्रतिष्ठा जोगाउनका लागि चाँडै नै पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । प्रधानन्यायाधीश राणाले ढिला गरे न्यायालयमा गरेका सेटिङ खुल्दै गइरहेका कारण आफ्नो मान मर्यादाका लागि भए पनि पदबाट राजीनामा दिनु उपयुक्त हुने पौडेलले बताएका हुन् ।
प्रधानन्यायाधीश राणाले बैलैमा विचार नपुर्याए अपमानजनक बहिर्गमन निश्चित रहेको उनको भनाइ थियो । प्रधानन्यायाधीशले विगतका प्रधानमन्त्रीहरुसँग गरेको सेटिङका कारण अहिलेको न्यायालय नै विवादमा फसेको उनले बताए । ‘प्रधानन्यायाधीश संवैधानिक निकाय र राजदूत नियुक्तिमा गरेको सेटिङका कारण न्यायालयमा अहिलेको यो अवस्था आएको हो । अहिले सर्वोच्च अदालत ध्वस्त भएको छ ।