एमाले अधिवेशनः कास्कीका ७२ वटै वडामा भोली

गन्थन संवाददाता, पाेखरा । नेकपा एमाले कास्कीले कास्की जिल्ला भित्र रहेका ७२ वटै वडामा भोली (शनिबार) एकैसाथ वडा अधिवेशन गर्ने भएको छ । सबै वडा कमिटीहरु अधिवेशनको तयारीमा लागिरहेका एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । उनले गन्थनसँग कुरा गर्दै भने, ‘हाम्रो अधिक्तम प्रयत्न सर्वसम्मत गराउने हो । सर्वसम्मत हुन सकेन भने निर्वाचनबाट कमिटी चयन हुनेछ ।’

उनका अनुसार वडा कमिटी बढीमा ५५ जनाका हुनेछ । जसमा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव, २ जना उपसचिव रहनेछन् । निर्वाचित वडा कमिटी सदस्यमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । कमिटी कार्यसमिति विधानले व्यवस्था गरे अनुरुप पूर्ण समावेशी हुने अध्यक्ष थापाले बताए ।

 

कमेन्टहरु
Loading...