पोखरा । लायन्स क्लव अफ पोखरा ब्लु स्काईद्वारा आफ्नो प्रथम वार्षिकोत्सवको पूर्व सन्ध्यामा बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई माक्स तथा सेनिटाइजर वितरण गरेको छ ।
क्लवले समितिलाई ११ सय पिस माक्स, ६.५ लिटर स्यानिटाइजर वितरण गरेको हो । क्लवले मन्दिर क्षेत्रमा श्रद्धालुको भिडभाडलाई मध्यनजर गर्दै वार्षिकोत्सवको पूर्वसन्ध्यामा स्वास्थ्य सामाग्री वितरण गरेको जनाएको छ ।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले लायन्स क्लव अफ पोखरा ब्लु स्काईले गरेको कामको प्रशंसा गर्दै सामाजिक सेवामा अझ क्रियाशिल हुन आग्रह गरे ।
कार्यक्रम संयोजक भगवती अधिकारीले क्लवको वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य गरिरहेको बताईन् । क्लवका अध्यक्ष हरि प्रसाद बरालले आगामी दिनमा क्लवले सामाजिक कार्यलाई निरन्तरता दिने बताए ।