चितवन । जनता समाजवादी पार्टीका नेता अशोक राईले सरकर निर्माण गर्दा बनेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनुपर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले संविधानको संरक्षण र देश विकासको कामलाई गति दिन गठबन्धन कायम रहनुपर्ने बताएका हुन् ।
“संविधानका जन्मदाता र संरक्षकबीच सहकार्य भएर जानुपर्छ ।” गठबन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनुपर्ने तथा अहिलेको सरकार पूर्ण कार्यकाल जान संसद्को कार्यकाल पूरा गर्ने गरी सरकार रहने । उनको भनाइ थियो ।
अहिलेको सरकार सङ्कटकालीन अवस्थामा निर्माण भएको भन्दै यस सरकारले धेरै चुनौती पार गर्नुपर्ने अवस्था रहेको राईले बताए ।