पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेता डोबाटे विश्वकर्मा मन्त्री बन्दै छन् ।
विश्वकर्माले आज साँझ ५ बजे विनाविभागीय मन्त्रीको रूपमा शपथ लिने स्रोतले जानकारी दिएको छ । संविधानतः कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् ।
मन्त्री परिषद विस्तारका लागि तयारी भइरहँदा उनलाई मन्त्री बनाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामै रहँदा उनलाई मन्त्री बनाउने सहमति जनाएका छन् । गण्डकी प्रदेशमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा तथा स्वतन्त्र सांसदको गठबन्धन बनेको छ।