युवासँग महालक्ष्मी लाईफ कास्किको समिती घोषणा

पोखरा । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवासँग महालक्ष्मी रास्ट्रीय बिमा जागरण अभियान कास्किको समितिको गठन गरेको छ । सो इन्स्योरेन्सको बिहिबार पोखरामा बिजयादशमि तथा बिभिन्न चाडपर्वको अवशरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सन्तोस पराजुलिको संयोजकत्वमा २१ सदस्यिय समिती घोषणा गरिएको हो ।

उक्त इन्स्योरेन्सका नायब महाप्रबन्धक प्रशान्त राज धमलाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बिभिन्न योजनामा योग्यता पुग्ने अभिकर्ताहरुलाई सम्मन समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी धमलाले आम सर्बधारणमा बिमाबारे जनचेतना लागी बिमा जागरण राष्ट्रीय अभियान सन्चालन गरिएको र यसमा युवाहरुको बिचमा प्रभाबकारिताको साथ काम गर्ने लक्ष्य रहेको उल्लेख गरे । धमलाले युवासँग महालक्ष्मी कार्यक्रम युवाहरुलाई जागरुक बनाउदै अघी बढ्न सहयोगी हुने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा युवासँग महालक्ष्मी कार्यक्रमका केन्द्रीय सदस्यहरु मन्जु गुरुङ ,सम्मर बहादुर थापा, दिपा राना ,अभिकर्ताद्वय दिपक पौडेल र रेजिना आचार्य लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

सो इन्स्योरेन्सका गन्डकी प्रदेशका प्रबन्धक अखिल धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन पोखरा शाखा प्रमुख रामजी प्रसाद लम्साल र स्वागत लेखनाथ शाखा प्रमुख सुरज बरालले गरेका थिए ।

कमेन्टहरु
Loading...