पोखरामा आज १८ वर्ष माथिका सबैलाई कोभिड विरुद्धको खोप दिइने

गन्थन संवाददाता । पोखरा महानगरपालिकाले आज १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ ।

शुक्रबार पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले एक विज्ञप्ती जारी गर्दै यस अगाडी कोभिड विरुद्धको कुनै पनि खोप नलगाएकालाई १८ वर्ष माथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिने भएको हो ।

खोप पोखरा प्रदर्शनी केन्द्रमा दिइनेछ । गन्थनसँग कुरा गर्दै महाशाखा प्रमुख हेमन्त पौडेलले आज प्रदर्शनी केन्द्रमा खोप लगाउने कार्य भैरहेको र सम्भव भएसम्म आइतबारदेखि प्रत्येक वडामा सबै नागरिकका लागि खोप उपलब्ध गराइने बताए । दशै अगाडी नै पोखरा महानगरमा खोप सुुनिष्चितता गराइने महाशाखाको योजना रहेको महाशाखा प्रमुख पौडेलले जानकारी दिए ।

खोपका लागि प्रदर्शनी केन्दमा आफ्नो परिचय खुल्ने कागजातसहित उपस्थित हुन पर्नेछ ।

थप जानकारीका लागि

कमेन्टहरु
Loading...