गन्थन संवाददाता । समाजमा पत्रकारको मुभिका महत्वपूर्ण रहेको राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख चन्द्रकान्त चापागाईले बताएका छन् । पोखरामा जारी पत्रकारका लागि ३ दिने मानव अधिकारमैत्री पत्रकारीता तालिममा चापागाईले यस्तो बताएका हुन् ।
आर्थिक, सामाजिक, साँस्कृतिक र सिमान्तकृत वर्गका अधिकारका विषयमा पत्रकारको भुमिका महत्वपूर्ण रहने उनले बताएका हुन् । रिपोर्टिङ गर्दा जात, धर्म, लिङ्ग, वर्ण तथा अत्पसंख्यकका विषयमा ध्यान दिनुपर्ने उनले तालिमका क्रममा सुझाए । समाचार बनाउदा सरकारको नीति तथा कार्यक्रमलाई ख्याल गर्नुपर्ने उनको जोड थियो ।
तालिमकै क्रममा उनले पत्रकारले जिम्मेवार निकायलाई झकझकाउने, पिडकलाई कारवाही तथा पिडीतलाई क्षतिपुर्तिका विषयमा ध्यान दिनुपर्ने औल्याए ।
नेपालमा अझै विभिन्न स्वरुपमा विवेद कायमै रहेकाले त्यसतर्फ पनि पत्रकारले भुमिका खेल्नुपर्ने बताए ।
३ दिनसम्म हुने उक्त तालिममा मनाङ बाहेक गण्डकी प्रदेशका १० जिल्लाका ३० जना पत्रकारहरु सहभागि छन् ।