पोखरा । कात्तिक ११ गते पोखरा महानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट दलका नेता तथा सचेतक पदबाट राजिनामा दिएका रामराज लामिछानेले सामुहिक आग्रहपछि राजिनामा फिर्ता लिएका छन् । दलका उपनेता शंकरप्रसाद वास्तोलाले आज एक विज्ञप्ती जारी गर्दै दलका नेता तथा सचेतक पदबाट दिएको राजिनामा फिर्ता लिई पुनः जिम्मेवारी लिएको जानकारी दिए ।
‘राजिनामाको विषयमा गहन र गम्भीर छलफल गरि पोखरा महानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट दलको नेता तथा सचेतक पदबाट दिनुभएको राजिनामा फिर्ता लिई नियमितरुपमा कार्यसम्पादनका लागि सामुहिकरुपमा आग्रह गर्दा वडाध्यक्ष र दलका नेता तथा सचेतक रामराज लामिछानेले आफुले उक्त पदबाट दिएको राजिनामा फिर्ता लिई नियमित कार्यसम्पादनको लयमा फर्किन सहमत हुनु भएकाले सम्पूर्ण पोखरा महानगरवासी, नेपाली काँग्रसजन र सञ्चारकर्मीहरुमा प्रेस विज्ञप्तीमार्फत जानकारी गराउँदछौं ।’ ,विज्ञप्तीमा लेखिएको छ ।
