पोखरा । पोखरा महानगरपालिका नेपाली काँग्रेस दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार आफ्नो पदबाट राजिनामा दिएका छन् ।
सचेतकको रुपमा भूमिका निर्वाह गर्दादेखि आजसम्म सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, संघसंस्थालाई धन्यवाद व्यक्त गरेका छन् ।
आफूलाई सो भूमिका निर्वाह गर्न अवसर प्रदान गर्न सहयोग गर्ने नेपाली काँग्रेस कास्की, नेपाली काँग्रेस पोखरा महानगर समिति, पोखरा महानगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष,वडा सदस्य लगायत महानगरवासीप्रति आभार व्यक्त गरेका छन् ।
उनले अहिलेसम्म दलको नेता तथा सचेतकको हैसियतबाट गरिएको काम कारवाही पार्टीको निती निर्देशन अनुरुप भएको स्पष्ट पारेका छन् ।