कांग्रेस महाधिवेशन: तनहुँका आठ पालिकामा नेतृत्व चयन

तनहुँ जिल्लाको आठ पालिकामा नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार सम्पन्न अधिवेशनअन्तर्गत जिल्लाका तीन नगरपालिका र पाँच गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको हो । दुई पालिकामा भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकामा भने अधिवेशन स्थगन भएको छ ।

व्यास, भानु, शुक्लागण्डकी नगरपालिका सहित आँबुखैरेनी, बन्दीपुर, देवघाट, घिरिङ र म्याग्दे गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको हो भने त्यसमध्ये शुक्लागण्डकी नगरपालिका, देवघाट र घिरिङ गाउँपालिकाको सभापति भने सर्वसम्मत चयन भएका हुन् ।

व्यासमा सूर्यचन्द्र हड्खले, भानु नगरापलिकामा रामकुमार श्रेष्ठ तथा बन्दीपुरमा कर्ण खत्री, म्याग्देमा रामभक्त घिमिरे र आँबुखैरेनी गाउँपालिकाको सभापतिमा विष्णु पन्थ निर्वाचित भएका छन् । यसैगरी देवघाटमा तिलबहादुर थापा, घिरिङ गाउँपालिकामा यामबहादुर थापा शुक्लागण्डकी नगरपालिकाको सभापतिमा गोपीबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भए ।

कमेन्टहरु
Loading...