पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले फेरि पनि एमालेको सरकार बन्ने दाबी गरेका छन् ।
प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेको नेतृत्वमा चुनाव हुन आवश्यक रहेको बताए ।
उनले वर्तमान सरकार असफल भई सकेको भन्दै बजेट होल्डका कारण आर्थिक र बित्तिय अनुसासन बिहिन तर्फ मुलुक भएको चिन्ता व्यक्त गरे ।
६५ दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुले सरकारको असफलता र असक्षमता पुष्टि गरेको उनले बताए ।
नेता भट्टराईले पार्टी विभाजन दुखदः भएपनि तलसम्म विभाजनको असर भने नपरेको दाबी गरे । विभाजनले ५ प्रतिशत मात्रै असर परेको उनको भनाई थियो ।
माधव नेपाल नेकपा एमालेमा फर्कनुको विकल्प नरहेको उनले बताए ।
गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार ऐन प्रति लक्षित गर्दै नेता भट्टराईले प्रेस माथी हुने लगाईने अन्कुस एमालेले कुनैपनि हालतमा समर्थन नगर्ने बताए ।
उनले सत्ता गठबन्धनमा रहेका दलको एसिसिबारे आधिकारिक धारण बाहिर ल्याउन समेत माग गरे ।