सभामुखको सर्वदलीय बैठकमा को-को हुदैंछन् सहभागी ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बारम्बार प्रतिनिधिसभा अवरोध जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ ।

दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा संसदमा जारी गतिरोध अन्त्यका लागि सहमति जुटाउने सभामुखको प्रयास रहनेछ ।

पार्टीले कारबाही गरेको १४ सांसदलाई सभामुखले सूचना टाँस नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाउँदै भदौं २३ गते यताका सबै संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ ।

सभामुखको सचिवालका अनुसार छलफलमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ । जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङदेनपनि बैठकमा सहभागी हुनेछन् ।

कमेन्टहरु
Loading...