कक्षा १२ का विद्यार्थीलाई पोखराका निम्न केन्द्रमा कोरोना विरुद्धको खोप लगाइने (तालिकासहित)

गन्थन संवाददाता । कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि कोरोना विरुद्धको खोप लगाइने भएको छ । पोखरा महानगर स्वास्थ्य महाशाखाले एक सूचना जारी गरि मिति र खोप केन्द्र तोकेको हो । विद्यार्थीले खोप लगाउनका लागि भने १८ वर्ष पुरा हुनुपर्नेछ । २०६० भदौ २१ गतेभन्दा अगाडी जन्मीएका विद्यार्थीले मात्र खोप लगाउन पाउने स्वास्थ्य महाशाखाले जनाएको छ ।

सूचनामा कक्षा ११ पनि लेखिएको हुँदा उक्त जारी गरिएको सूचना गलत भएको, अहिले परिक्षालाई मध्यनजर गर्दै १८ वर्ष पुरा भएका कक्षा १२ का विद्यार्थीलाई मात्र लगाइने स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले गन्थन डटकमलाई जानकारी दिए ।

थप विवरणः

 

 

 

 

 

कमेन्टहरु
Loading...