कास्की नेत्रहीन संघद्धारा वेभसाइडको उद्घाटन

पोखरा, २९ पौष/कास्की नेत्रहीन संघले आज एक कार्यक्रमका बीच वेभसाइडको उद्घाटन गरेको छ । संस्थाका नियमित गतिविधि सरल बनाउनको लागि निर्माण गरिइएको आवाज निस्कने वेभसाइडको राष्ट्रिय अपाङ्गग महासंघका केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदीले उद्घाटन गरे । राष्ट्रिय अपाङ्गग महासंघका केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदीले सुचनालाई लुकाएर राख्न नहुने बताए ।

उनले वेभसाइडलाई नियमित अपडेट गर्नुपर्ने बताए । सुवेदीले नेत्रहिन संघलाई सहयोग गर्ने साझा अभियानको थालनि गर्नुपर्ने बताए । अपाङ्गगता भएका महिलाहरुको नेतृत्व बढाउनुपर्नेमा उनको जोड रहेको थियो ।

कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता डा. रोजनाथ पाण्डे, राष्ट्रिय अपाङ्गग महासंघका केन्द्रिय सदस्य केपी अधिकारी, कोपिला नेपालका निर्देशक विना सिलवाल, विकास नेपालका निर्देशक प्रकाश वाग्ले, सिआर राष्ट्रिय संयोजक शिव रायमाझी लगायतले शुभकामना दिएका थिए । कास्की नेत्रहिन संघका धभदकष्तभ स पबदपबकपष्।यचन।लउ रहेको छ ।

कमेन्टहरु
Loading...