अन्तर्रााष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि डिफेण्डिङ च्याम्पियन ज्ञानुबाबालाई

पोखरा २८, पुस/नोङसिम शिन राम्योन अन्तर्राष्ट्रिय आमन्त्रित महिला भलिवल प्रतियोगिताको उपाधि डिफेण्डिङ च्याम्पियन पोखराको ज्ञानुबाबा आवासिय उच्चमाविले जितेको छ ।

पोखरा रंगशालामा शनिवार सम्पन्न भएको फाईनल खेलमा ढोरपाटन कप विजेता विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई सोझो सेटमा पराजित गर्दै ज्ञानुबाबाले उपाधि सहित नगद १ लाख १ हजार १ सय ११ रुपैया पाएको हो । उपविजेता एपीएफले ५० हजार ५ सय ५५ सहित ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्यो ।

राष्ट्रिय खेलाडी मन्जु गुरुङको कप्तानिमा मैदानमा उत्रिएको ज्ञानुबाबाले एपिएफलाई २५–१९, २५–१७, २५–१९ को सोझो सेटमा पराजित गरेको हो । अन्तर्राष्ट्रिय खेलाडी निमा श्रेष्ठको कप्तानिमा मैदानमा उत्रिएको एपिएफले अघिल्लो लिगमा ज्ञानुबाबासंग खेले जस्तो सशस्त प्रर्दशन गर्न नसक्दा १ सय ५० रुपैयाको प्रबेस टिकट लियर खेल हेर्न गएका दर्शकले धिक मर्न गरी खेलको मनोरन्जन लिन नपाएको दर्शकहरुले गुनासो गरे । ज्ञानुबाबाकी मन्जु गुरुङ फाईनल खेलमा प्लेयर अफ दी म्याच घोषित भईन । मन्जु प्रतियोगिताकै उत्कृष्ट खेलाडी समेत घोषित भएकी छन ।

प्रतियागितामा साविक उपविजेता नेपाल पुलिस क्लब यस बर्ष तेश्रो हुदै २० हजार २ सय २२ रुपैया पाउदा शान्त्वना भएको काठमाण्डौंको न्यु डायमण्ड एकेडेमिले १० हजार १ सय ११ रुपैया पायो । तेश्रो स्थानको लागि भएको खेलमा पुलिसले न्यु डायमण्डलाई २५–१८, २०–२५,२५–१७,२५–१५ सेटमा पराजीत गरेको थियो । न्यु डायमण्डको खेललाई हौसाउन दर्शहरुले हुटिङ गरेका थिए । खेलमा न्यु डायमण्डकी ललीता नाथ प्लेयर अफ दी म्याच घोषित भईन ।

प्रतियोगितामा वेष्ट स्पाईकमा पल्सर बर्ष खेलाडी न्यु डायमण्डकी रमिला तण्डुकार भईन । त्यसै गरी प्रतियोगितामा वेष्ट डिफेन्समा ज्ञानुबाबाकी मान्ती आले, वेष्ट क्वीकरमा न्यु डायमण्डकी मनिसा तामाङ, वेष्ट सेटरमा एपिएफकी विनिता वुढाथोकी, वेष्ट व्लकरमा पुलिसकी कोपीला उप्रेती र वेष्ट सर्भरमा पुलिसकै सुसिला थापा घोषीत भईन ।

एपिएफकी कप्तान निमा श्रेष्ठले सेमिफाईनल खेलमा सुक्रबार पुसिलको खेलमा वेष्टफाईपको खेलमा पुरै सेट खेल्नु परेकोले थकानका कारण शनिबारको खेल जम्न नसकेको बताईन । उनले आफ्नो डिफेन्स लाईन कमजोर भएको समेत बताईन । यता ज्ञानुबाबाकी कप्तान मन्जुले अघिल्ला खेलमा भन्दा फाईनल खेलमा आफुहरुको खेलमा राम्रो तालमेल मिलेका कारण जित सहज भएको बताईन ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा, सदस्य दिलिपविक्रम शाहिं, क्षेत्रिय खेलकुद विकास मितिका अध्यक्ष दिपक कोईराला, जिल्ला अध्यक्ष सुमन देवकोटा, प्रतियोगिताका संयोजक छ््यामबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरामा व्यवस्थित भलिवल कबर्ड हल निमार्ण गर्ने उद्देश्यसहित उक्त प्रतियोगिता यही पुस २३ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा भारतका दुई टोली सहित ७ टोलीको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...