पोखरा महोत्सवमा दर्शकको आकर्षक, उट चड्नेहरुको भिड

पोखरा, २८ पुस/पोखराको अमरसिहँमा जारी तेस्रो पोखरा महोत्सवको पाचौं दिन सम्म करिव ९० हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए । महोत्सवमा पाचौं दिन सम्म करिव १ करोड १५ लाख वरावरको आर्थिक कारोवार भएको आयोजकले जनाएको छ ।

पाचौं दिनमा राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, जीवन दाहाल, घनश्याम रिजाल, रामजी पौडेल, माया गुरुङ्ग, पार्वती जिसी, लक्ष्मी नेपाली, शिव हरी ढुंगाना, र पप तर्फ ऋइद्यध्भ्द्य लगायतका कलाकारहरुले मनोरन्जन दिए । भोली छैटौँ दिनमा दोहारी तर्फ विष्णु खत्री र पप तर्फ mतडडद्धड र मिलन एण्ड अलरेडको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

“युवाको जाँगर, राष्ट्र निर्माणको आधार“ भन्ने मूल नाराका आयोजनामा भएको महोत्सवमा ऊट हेर्ने र चढ्नेको घुइचो लागेको छ । महोत्सवको मूख्य उद्देश्य शिक्षा, स्वास्थ्य, खेलकूद र अन्य विभिन्न क्षेत्रको विकास गर्ने उद्धेश्यले आयोजित महोत्सवमा २२० वटा स्टलहरु राखिएको छन् ।

महोत्सवका औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधि, व्यवसायिक संघसंस्थाहरुको सेवा एवं पर्यटन प्रवद्र्धृनका सामग्रीहरु राखिएको छ । नौ दिनसम्म चल्ने महोत्सवमा दोहोरी गीत प्रतियोगिता, वालउद्यान, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम एवं ख्याति प्राप्त व्याण्ड तथा कलाकारहरुको सांगितिक प्रस्तुती राख्दै आएका छन् ।

कमेन्टहरु
Loading...