सनफ्लावर वोडि· स्कुलमा निमावि स्तरिय अग्रेजी निवन्ध प्रतियोगिता

पोखरा, २७ माघ। पोखरा–२ अर्चलबोटमा रहेको सनफ्लावर वोडि· स्कूलले रजत जयन्तिको अवसरमा सोमबार अन्तर निमावि स्तरिय अग्रेजी निवन्ध प्रयितागिता सम्पन भएको छ ।
प्रतियोगितामा ११ विद्यालयका २२ जना विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा पुरस्कृत हुने विद्यार्थीहरुलाई मंगलबार पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका सहायक प्रध्यापक पिताम्वर पौडेलले निवन्ध लेखन प्रतियोगिताले विद्यार्थीहरुको लेखनशैलीको विकास गर्न मद्दत मिल्ने बताए । कथा कविता भन्दा निवन्ध लेख्न जटिल हुन्छ उनले भने–निवन्ध लेखनबाट नै लेखन शैलिको विकास हुन्छ । यसैगरि कार्यक्रममा विद्यालयले आयोजना गरेको अन्तर प्रावि स्तरिय चित्रकला प्रतियोगिताको पुरस्कार वितरण गरिएको थियो ।

अन्तर प्रावि स्तरिय चित्रकला प्रतियोगितामा सरस्वती उच्च माविका जेनित सुवेदी, डिज्नील्याण्ड एकेडमीकी सुयासा सिग्देल, गण्डकी आवासिय उच्च माविकी दिप्ती गुरु· र वाल मन्दिरका हिमाल नेपाली सान्त्वना भएका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सहायक प्रध्यापक पिताम्वर पौडेल, विद्यालयका निर्देशक दिपक शाहा र प्रिन्सिपल ए.एम. गुरुङले संयुक्त रुपमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

त्यसैगरि विद्यलयले आयोजना गरेको दुई हप्ते उद्घोषण तालिम पनि समापन भएको छ। तालिममा ६ जना शिक्षक र सात जना विद्यार्थी गरि १३ जनाको सहभागिता रहेको थियो ।
तालिममा ऋषि खतिवडा र विमला थापा मगरले सहजीकरण गरेका थिए । तालिममा सहभागिहरुलाई विद्यालयका प्रिन्सिपल ए.एम.गुरुङ र लेखा शाखाका सोमनाथ पौडेलले प्रमाण पत्र वितरण गरेका थिए ।

सनफ्लावर वोडि· स्कूलका प्रिन्सिपल ए.एम.गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अन्तर निमावि स्तरिय अग्रेजी निवन्ध प्रतियोगिताका कार्यक्रम संयोजक कविर खड्गीले स्वागत र शिक्षक यादवप्रसाद ओझाले कार्यक्रम सञ्चालन गरेका थिए । रजत जयन्ती कार्यक्रम अन्तर्गत मंगलबार अन्तर मावि स्तरिय कविता प्रतियोगिता हुने विद्याललयले जनाएको छ ।

कमेन्टहरु
Loading...