पोखरा महोत्सवको तेस्रो दिन दर्शककौ भिड उट चड्नेहरुको भिड

पोखरा, २६ पुस । “ युवाको जाँगर, राष्ट्र निर्माणको आधार “ भन्ने मूल नाराका साथ युनाईटेड क्लवको आयोजनामा पोखराको अमरसिंह चौरमा तैस्रोे पोखरा महोत्सवमा दर्शककौ उल्लेख्य सहभागिता रहेको छ ।

माहेत्सवको मूख्य उद्देश्य शिक्षा, स्वास्थ्य, खेलकूद र अन्य विभिन्न क्षेत्रको विकास गर्ने उद्धेश्यले आयोजित महोत्सवमा २२० स्टलहरु राखिएको छ ।महोत्सवका स्टलहरुमा औद्योगिक उत्पादन, हस्तकला, सूचना प्रविधि, व्यवसायिक संघसंस्थाहरुको सेवा एवं पर्यटन प्रवद्र्धृनका सामग्रीहरु राखिएको छ । नौ दिनसम्म चल्ने उक्त महोत्सवमा दोहोरी गीत प्रतियोगिता, वालउद्यान,विभिन्न मनोरञ्जनात्मक कार्यक्रम एवं ख्याति प्राप्त व्याण्ड तथा कलाकारहरुको सांगितिक प्रस्तुती राखिएको छ ।आज तेस्रौ दिनमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो भने महोत्सवमा तेस्रो दिन सम्म करिव ५० लाख वरावरको आर्थिक कारौवार भएको आयौजकले जनाएको छ । तेस्रो दिनमा राष्ट्रिय स्तरका कलाकार राधिका हमाल, प्रजापति पराजुली, चोलेन्द्र पौडेल,कृष्ण गुरुङ्ग, राम्जी पौडेल, जीवन दाहाल, माया गुरुङ्ग, रमेश राज भट्टाराई, घनश्याम रिमाल र पप तर्फ ईन्दीरा जोशी लगायतका कलाकारहरुले मनोरन्जन दिएका थिए भने आज चौथो दिनमा दोहारी तर्फ कोमल ओली र पप तर्फ मिंग्मा शेर्पा प्रस्तुती रहने आयोजकले जनाएको छ । उक्त महोत्सव माघ ३ गतै सम्म चल्ने छ । उक्त महोत्सवमा कम्प्यूटर एसोसियसन अफ नेपाल कास्की ऋब्ल् ले ँचभभ ध्ष्(ँष् को सुविधा उपल्वध गराएको छ ।

कमेन्टहरु
Loading...