दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्यारालाई कडा भन्दा कडा कारबाही गर्न माग

पोखरा, २६ पौष/नेपाली कागें्रस कास्कीको आज बसेको बैठकले दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्यारालाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ । अभियुक्तले आफ्नो अपराध स्वीकार गरिसकेको अवस्थामा राज्यको ताला चावी लिएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनको पाटीले हत्यारालाई उम्काउन राज्य सयन्त्रलाई दुरप्रयोग गरि अपराधीको वयान समेत लिन रोक्नु अत्यनतै निन्दनीय एवम् कानूनी राज्यको उपहास गरेको ठहर समेत गरेको छ ।

पत्रकार हत्याको प्रकरणले एमाओवदी स्वतन्त्र प्रेस र मानव अधिकार एवम् नागरिक अधिकारको पक्षमा कहिले रहन नसक्ने वैठकले ठोकुवा समेत गरिसकेको छ । पार्टी सभापति यज्ञ बहादुर थापाको अध्यक्षतामा वैठकले अपराधीलाई संरक्षण गरी हत्या, हिंसा र आतंकलाई बडुवा दिईएकोमा दुख प्रकट गरेको छ ।

नेपाली काग्रेँस कास्कीका सचिव युवराज कुँवरद्धारा हस्ताररित प्रेस विज्ञपत्तिमा वैठकले पछिल्लो समयमा बददै गएको महिला हिंसा रोक्न समेत माग गरिएको छ । त्यसै गरी पौष २८ गते हुन गईरहेको नेपाल बारको निर्वाचनमा प्रजातन्त्र वादी समूहको नेतृत्व गर्नु भएका शेर बहादुर क.सी.को प्यानललाई निर्वाचित गर्न समेत सम्स्त कानून व्यवसायीहरुमा समेत आग्रह गरिएको छ ।

यसै बीच महिला हत्या, हिंसा र बल्तकारका बढदो घट्नाले नेपाली महिला समाज अत्यन्त प्रताढित भए भन्दै नेपाल महिला संघ कास्कीले नेपाली काग्रेँस कास्कीमा ज्ञापन पत्र समेत दिइको छ । संघका अध्यक्ष तारा अधिकारी लगाएतले पार्टी सभापति यज्ञ बहादुर थापालाई ज्ञापन पत्र दिदै दोषी माथि कारवाही गर्न पार्टी स्तरबाटै सरकारलाई दबाब दिन माग गरेको छ ।

कमेन्टहरु
Loading...