सुचनाको पहुच बढाउदै सन्चाल मन्त्रालय

देशभर ८१ वटा टेलिसेन्टर सन्चालमा ल्याउने
सागर राज तिमिल्सिना
पोखरा, २३ माघ/सञ्चार मन्त्रालयले सार्क विकास कोषको सहयोगमा सन्चाल गर्न लागेको ग्रामिण समुदायमा सञ्चार पहुच कार्यक्रमको पश्चिमाञ्चल स्तरीय एक दिने तालिम पोखरा सम्पन्न भएको छ । पश्चिमाञ्चल क्षेत्रका प्रशिक्षण ११ जिल्लाका १८ वटा सामुदायीक संस्था र हुलाक कार्यालयका कर्मचारीहरुको सहभागीता थियो । 

सार्क विकास कोषको करिब १४ करोडको लगानीमा नेपालका ५२ जिल्लाको ८१ सामुदायीक संस्थाहरुबाट ग्रामिण क्षेत्रमा सुचना प्रदान गर्ने छन् । सुचनाको पहुच पुग्न नसकेका क्षेत्रमा सुचनाको पहुच पु¥याउने उद्देश्यले कार्यक्रम सन्चालन गरेको सञ्चार मन्त्रालयका नायव सुव्वा नवराज आर्चायले जानकारी दिए । उनले पाँच विकास क्षेत्रको एक एक ठाउँमा नमुना सुचना केन्द्र (टेलिसेन्टर) बनाउन लागेको बताए ।

सामुदायीक संस्थालाई घर समेत बनाएर सुचना केन्द्रको रुपमा विकास गर्ने समुदायलाई नै हस्तान्तरण गने आचार्यले बताए । पश्चिमाञ्चल क्षेत्रमा स्याङ्गजाको जनप्रिय युवा परिवारलाई नमुना सुचना केन्द्रको रुपमा विकास गर्ने बताए । जनप्रियलाई करिब २५ लाख बराबरको भवन सरकाले बनाउने छ । सुचना केन्द्र स्थापना लागी सरकारले एक केन्द्रमा करिब १० लाखको बराबरको सामाग्री दिने उनले बताए ।

सुचना केन्द्र स्थापनका लागी आवश्य पर्ने कम्प्युटर, इमेल इन्टनेट, क्याम्मेरा, फोटोकपी मेसीन लगाएतका आवश्यक पर्ने सामाग्री र तालिम दिने आचार्यको भनाई छ । मन्त्रालयले करिब ६ महिना पछि सबै क्षेत्रका केन्द्र सन्चालनमा ल्याउने छ । सरकारले पहिलो पटक सामाग्री दिए पछि अन्य खर्च सबै समुदायले नै सन्चालन गर्नुपर्ने छ । कास्कीको हेम्जा र पार्चमा सन्चालन हुदैछ । कार्यक्रम सन्चालनका लागी सन्चारमन्त्रालयका सहसचिब भरत बहादुर ढुङ्गाना संयोजक रहेका छन् । सन्चारमन्त्रालयले यस अगाडी हुलाक कार्यालयका ४ सय १ मा टेलिसेन्टर सन्चालन गरिसकेको छ ।

कमेन्टहरु
Loading...