पोखरा, २३ माघ । क्लब दी पोखराको आयोजनाबाट पोखरामा संचालित स्नुकर च्याम्पियनशिप(२०१४ मा विहीबारदेखि दोस्रो चरणको खेल शुरु भएको छ। दोस्रो चरण अन्तर्गत विहीबार १६ खेल सम्पन्न भएको क्वलका संचालक गणेश बसौलाले जानकारी दिए।विहीबारको खेलबाट सचिन श्रेष्ठ, प्रेम भाई, सविन बस्नेत, राज गुरुङ, प्रविण श्रेष्ठ, सुमित सापकोटा, दिलिप शाही, चित्रबहादुर गुरुङ, महेश श्रेष्ठ, सुरेन्द्र खड्का तेस्रो चरणमा प्रवेश गरेका छन्। त्यसैगरी, विक्रम जि.सी, सुरज, दिपेश श्रेष्ठ, अजय गुरुङ, शेखर शेरचन र विकास गुरुङ पनि तेस्रो चरणमा प्रवेश गरेका छन्। स्नुकर खेलाडीहरुलाई प्रोत्साहित गर्न तथा स्नुकरप्रेमीहरुलाई उत्साहित बनाउने उदेश्यले सोमबारदेखि प्रतियोगिता शुरु भएको हो।
च्याम्पियनशिपमा प्रथम हुनेले नगद रु २५ हजार पाँच सय र द्वितिय हुनेले १० हजार सहित प्रमाणपत्र र शिल्ड पाउने छन्। त्यसैगरी, प्रतियोगिताका दुई सेमीफाईनलिष्टलाई पनि जनही नगद रु दुई हजार पाँच सय÷दुई हजार पाँच सय र प्रमाणपत्र प्रदान गरिने छ। यसैगरी हाईयष्ट ब्रेक गर्ने खेलाडीलाई पनि नगद रु. पाँच हजार प्रदान गरिने बताइएको छ। डेढ दशकपछि पोखरामा यस्तो प्रकारको प्रतियोगिता आयोजना गरिएको हो।