अमेरिकाले रुसलाई दियो टुथपेष्ट बमको चेतावनी

पोखरा, २३ माघ/अमेरिकाले रुसमा हुने शीतकालीन ओलम्पिक खेलका लागि उडान भर्ने विमान कम्पनीहरुलाई ‘टुथपेष्ट बम’ बाट सावधान रहन सन्देश पठाएको छ । अमेरिकाको अन्तरिक सुरक्षा विभागले अमेरिकी मिडियाहरुलाई टुथपेष्टमा विस्फोटक पदार्थ लुकाएर विमानबाट तस्करी हुन सक्ने बताएको छ ।

यसको प्रभाव रुसलाई पर्नेछ, जहाँ शीतकालीन ओलम्पिकको तयारी भइरहेको छ । यद्यपि सुरक्षा विभागले अहिले अमेरिकासँग कुने खास खतराको सूचना नरहेको बताएको छ । रुसमा फेब्रुअरी ७ देखि १३सम्म शीतकालीन ओलम्पिक हुँदैछ ।

कमेन्टहरु
Loading...