स्थापना दिवसमा प्रेस चौतारी कास्कको आयोजनामा भेला

पोखरा २२ माघ/प्रेस चौतारी नेपालको १६औं स्थापना दिवसको अवसरमा बुधबार प्रेस चौतारी कास्की साखाले भेला सम्पन्न गरेको छ । पोखराको शान्तिबनमा आयोजित कार्यक्रममा सहभागि विभिन्न पत्रकार सम्बद्ध संगठनका नेताहरुले श्रमजिवि पत्रकारहरुको अधिकार प्राप्तीका लागि सवै संगठन एकजुट भएर आगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।

उनीहरुले श्रमजिवि पत्रकारीता ऐन कार्यन्वयन गरिनुपनमा जोड दिए । प्रेस चौतारीले श्रमजिवि पत्रकारहरुको पक्षमा गर्ने सम्पुर्र्ण कार्यमा सहकार्य गरेर अगाडि बढ्न आँफुहरु तयार रहेको उनीहरुले वताएका थिए । कार्यक्रममा शुभकामना मन्तब्य दिदै नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसीले प्रेस चौतारी सवै श्रमजिवि पत्रकारहरुको साझा चौतारी बन्नुपर्नेमा जोड दिए ।

उनले सम्पुर्ण श्रमजिवि पत्रकारहरुका समस्या पहिचान गरी समाधान गर्न चौतारीले अगुवाई गर्नेमा आँफु विस्वस्त रहेको वताए । कार्यक्रममा नेकपा एमाले गण्डकी अञ्चाल प्रचार विभाग प्रमुख विजयबाबु बनबासे, एमाले जिल्ला प्रचार प्रमुख प्रकास सिग्देल, प्रेस काउन्सील नेपालका सदस्य माधव शर्मा,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दुर्गा भण्डारी, प्रेस चौतारी नेपाल गण्डकी अञ्चल निर्देशक हरी बास्तोला, केन्द्रिय सदस्य सुस्मा पौडेल, प्रेस युनियन पश्चिमाञ्चल संयोजक रमेश पौडेल, क्रान्तिकारी पत्रकार संघ कास्कीका अध्यक्ष त्रिभुवन पौडेल र फोनिज कास्कीका अध्यक्ष होम तमुले शुभकामना मन्तब्य राखेका थिए ।

सो अवसरमा घैटो फुटाउने, चम्चा दौड र तातो आलु लगाएतका मनोरञ्जनात्मक खेल खेलाइएको थियो भने, तारापति सुवेदी, जिवन दाहाल, तुलसा, लक्ष्मी नेपाली , प्रदीप त्रिपाठी लगाएतका कलाकारहरुले विभिन्न गित गाएर मनोरञ्जन दिएका थिए । कार्यक्रममा कास्कीमा क्रियासिल सवैजसो पत्रकारहरुको सहभागिता रहेको थियो ।

सत्य न्यायका पक्षमा यथार्थको उद्घाटन गर्नुका साथै सञ्चार माध्ययमहरुको व्यवसायिक तथा संस्थागत विकासमा सहयोग पु¥याउने उद्देस्यले वाम प्रगतिशील पत्रकारहरुको एउटा साझा चौतारी आवयकता बोधका कारण विक्रम संवत २०५५ मंसिर ७ गते बसेको प्रगतिशील पत्रकारहरुको दोस्रो विस्तारित भेलाले विजय चालिसेको अध्यक्षतामा १२ सदस्यीय रहेको तदर्स कार्यसमितिको गठन गरेर प्रेस चौतारीको स्थापना गरिएको थियो।
त्यसपछि २०५६ साल माघ २२ गते काठमाण्डौमा भएकोे प्रथम अधिवेशनलाई आधार मानेर हरेक माघ २२ लाई प्रेस चौतारी स्थापना दिवसको रुपमा मनाईदै आएको छ । प्रेस चौतारीका हाल ७० वटा जिल्लामा आफ्ना साखाहरु रहेका छन् भने ४ हजार भन्दा बढि यसका सदस्य रहेका छन् ।

कमेन्टहरु
Loading...