सागर राज तिमिल्सिना
पोखरा, २३ माघ/पोखराबाट बुटवल जादै गरेको यात्रु बाहक बस पाल्पाको चिडिपानी २ भालुखोलामा दुर्घटना हुदा १३ जनाको मृत्यु भएको छ । लु १ ख ४९२४ नम्बरको बस राती दुई बजे भएको दुर्घटनामा परि ११ जनाको घटनास्थल मै र अन्य दुईको लुम्विनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेहरुको अहिले पनि उद्धार कार्य भैरहको छ ।
राती २ बजे दुर्घटना भएपनि सुनसान ठाउँमा भएका कारण विहान पख मात्रै दुर्घटनाको बारेमा जानकारी भएको पोखरा न्युरोडकी चन्दा वलीले जानकारी दिइन् । घाइते वली कराए पछि आउदै गरेको ट्रक चालकले थाहापाए पछि उनको उद्धार गरे पछि दुर्घटनाका बारेमा जानकारी भएको थियो ।
दुर्घटनामा पनि अन्य घाइतेको पनि अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका बारेमा थप विवरण आउन बाकि छ भने प्रहरी, स्थानीय बासीन्दा लगाएतले उद्धार कार्य जारी रहेको छ । बसमा करिब २८ जना रहेको प्रहरीको भनाई छ ।