सनफ्लावर वोडिड्ड स्कूलले विविध कार्यक्रम गरि रजत जयन्ती मनाउने

पोखरा, २२ माघ/पोखराको अर्चलवोटमा रहेको सनफ्लावर वोडिड्ड स्कूल २५ वर्षमा प्रवेश गरेको अवसरमा विद्यालयले विविध कार्यक्रम गरि रजत जयन्ती मनाउने भएको छ । माघ २४ गते देखि फागुन ३ गते सम्म विविध कार्यक्रमको आयोजना गरि रजत जयन्ती मनाउने विद्यालयले जनाएको हो।

जसअन्तर्गत माघ २३ गते अन्तर माध्यमिक विद्यलय स्तरिय हाजिर जवाफ प्रतियोगिता, २४ गते अन्तर प्रावि स्तरिय चित्रकला प्रतियोगिता, २६ गते वृद्धाश्रम अवलोकन तथा फलफूल वितरण, २७ गते अन्तर निमावि स्तरिय अग्रेजी निवन्ध लेखन प्रतियोगिता, २८ गते अन्तर मावि स्तरिय कविता प्रतियोगिता, र फागुन ३ गते विद्यालयले प्रकाश गरेको सौगातको लोकपर्ण साथै रजत जयन्ती समारोहको समापन कार्यक्रम रहेको विद्यालयका प्रिन्सिपल ए.एम.गुरुङले जानकारी दिए ।

रजत जयन्ती समारोहलाई सफल बनाउनका लागि विद्यालयका प्रिन्सिपल ए.एम.गुरुङको संयोजकत्वमा मुल समारोह समिति समेत गठन गरिएको छ । समितिको सहसंयोजकमा विद्यालयका एकेडमिक डिन दिलिप देवकोटा, कोषाध्यक्षमा लेखापाल सोमनाथ पौडेल तथा सल्लाहाकारमा विद्यालयका निर्देशक दिपक शाहा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधर त्रिपाठी रहेका छन् ।

त्यसैगरि रजत जयन्ती समारोहलाई सफल बनाउनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ ।
जसको साँस्कृतिक व्यवास्थापन उपसमिति संयोजकमा दिपक सापकोटा, पुरस्कार वितरण उपसमिति संयोजकमा शुशिला रेग्मी, स्वयमसेवक व्यवस्थापन उपसमिति संयोजकमा कविर खड्गी, मञ्च तथा श्रृगार व्यवस्थापन उपसमिति संयोजकमा निर्मल अधिकारी, तथ्याड्ड संकल उपसमिति संयोजकमा शचिन पाण्डे, प्रचार प्रसार उपसमिति संयोजकमा मोहन पौडेल, स्मारिका प्रकाशन उपसमिति संयोजकमा सोमनाथ पौडेल रहेका छन् ।

विद्यार्थीहरुको अन्तरनिहि प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले विद्यालयको रजत जयन्तीको अवसरमा विभिन्न खालका अन्तर विद्यालय स्तरिय प्रतियोगिता गर्न लागिएको मुल समारोह समितिका संयोजक तथा विद्यालयका प्रिन्सिपल गुरुङले जानकारी दिए । विद्यार्थीहरुको अन्तरनिहि प्रतिभा प्रस्फुटन गर्न यसले मद्दत मिल्ने हामीले विश्वास लिएका छौ उनले भने–यसका अलावा विद्यालयहरु वीच भाईचार कायम गर्न पनि थप मद्दत मिल्नेछ ।

कमेन्टहरु
Loading...