पोखरा, २२ माघ/सहारा क्लब पोखराद्धारा सञ्चालित सहारा एकेडेमी दोविल्लालाई निरन्तर सञ्चालन गर्ने उद्देश्य क्लवले सन्चालन गरेको सहारा एकेडमी सञ्चालनार्थ अक्षय कोषमा सहयोग आउने क्रम जारी रहेको क्बलले जनाएको छ । सहारा एकेडमी सञ्चालनार्थ अक्षय कोषमा नविल बैंक पोखराका पुर्व म्यानेजर तथा भक्तपुर निवासी योगेश बज्रचार्यबाट १० हजार रुपैयाँ सहयोग प्राप्त भएको क्लवका महासचिव केशबबहादुर थापाले जानकारी दिए ।

विदाको समयमा पोखरा भम्रणमा आएका बज्रचार्यले सहारा एकेडेमी दोविल्ला अवलोकन पछि १० हजार सहयोग गरेका हुन् । उनले क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई सहयोग रकम हस्तान्तरण गरेका थिए । सो अवसरमा क्लबका सल्लाहकार परिषदका सभापति विक्रम थकाली लगाएतले क्लवले यस अघी गरेका गतिविधिका बारेमा जानकारी दिएका थिए ।
बज्रचार्य पोखरामा भएको बेला बैंकर्स् एशोसियशन पोखराको तर्फबाट सहारा एकेडेमी भवन निमार्णमा आर्थिक सहयोग गरेको थियो । सहारा एकेडेमीमा अहिले विभिन्न क्षेत्रका विपन्न १७ जना बालबालीका अध्ययन सहित फुटबल खेल्दै आएका छन् । सहारा एकेडेमीको सहयोगका लागी फागुनको २० चैत १ गते सम्म अन्तराष्ट्रिय स्थतरको आहारारा गोल्डकप हुदैछ