पोखरा, २१ माघ /श्रीपञ्चमीको अवसरमा लामाचौर–१ कैसारा क्षेत्रमा हवन यज्ञ सहित रुद्री पाठ गर्दै नाग देवताको पूजा गरेका छन् । स्थानीले नाग भएको भन्दै आज पञ्चमीको दिन परेर पुजा गरेका हुन् । स्थानीय नाग संरक्षण समितिको सक्रियतामा पुजा भएको हो ।हिन्दु धर्मालम्बीहरुको पर्व श्रीपञ्चमीको अवसरमा नाग पूजन कार्यले हिन्दु धर्ममानै भएको सर्वत्र आक्रमण तथा असहज स्तिथिको सामना भएको नाग संरक्षण समितिले दावी गरेको छ । सो अवसरमा उपस्थित भक्तजन तथा पूजन कार्यमा सम्लग्न टोलीले आगामी दिनमा कैसारा क्षेत्रमा संरक्षणको जरुरी भएको समेत बताएका छन् ।

सेतीको तीर र नदीको वहावटले असर पु¥याउने क्षेत्र भएकोले उक्त स्थानमा तार जाली लगाएर ब्यवस्थित गर्न सके धार्मिक पर्यटनको समेत सम्भावना भएको समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलेले जानकारी दिएका थिए । लामो समय देखि एकै ठाउँ नाग देखे पछि स्थानीय हेर्न घुइचो लाग्ने गरेको छ ।