नवल टुर्स एण्ड ट्राभल्सले फागुनको पहिलो हप्तादेखि पोखरा दिल्ली वस सेवा शुरु गर्ने

पोखरा २१ माघ/नवल टुर्स एण्ड ट्राभल्स प्रालिले पोखरा दिल्ली वस सेवा संचालन गर्ने भएको छ । पर्यटकिय शहर पोखरालाई मध्यनजर गरेर प्रालीले आगामी फागुनको पहिलो हप्तादेखि सव सेवा सञ्चालनमा ल्याउन लागेको मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।पत्रकार सम्मेलनमा वोल्दै प्रालिका म्यानेजिङ डाईरेक्टर धर्मराज आचार्यले आगामी फागुनको पहिलो हप्तादेखि पोखरा दिल्ली वस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । नेपाल भित्रिने पर्यटक मध्ये सार्क मुलुकका ५० तथा अन्य मुलुकका २० प्रतिशतहर सडकमार्ग हुदै पोखरा आउने भएकाले त्यसलाई मध्येनजर गरेर प्रालिले ५ वटा सुविधासम्पन्न पर्यटक बसहरु सञ्चालन गर्न लागेको वताए ।

पोखराबाट नयाँ दिल्ली बस सेवा
पोखराबाट नयाँ दिल्ली बस सेवा

हप्तामा ३ दिन (सोमबार, बुधबार र शुक्रबार) पोखराबाट दिल्लीको लागि सेवा संचालन गर्ने र यसलाई पछि बढाएर दैनिक रुपमा सेवा संचालन गर्ने प्रालिले जनाएको छ । दैनिक बिहान ११ः३० बजे पोखराबाट दिल्लीको लागि छुट्ने बस पोखरा नारायणगढ सुनौली हुँदै भारतको नयाँ दिल्लीमा पुग्ने प्रालिले जनाएको छभने पोखरा देखी दिल्लीको यात्रा ३० घण्टाको रहने प्रालिका अध्यक्ष हेमन्त मल्लले जानकारी दिए ।

५ करोडको लगानीमा ११ जना शेयर सदस्य रहेको प्रालिले शुभारम्भको अवसरमा प्रति यात्रु भाडा दर २ हजार ६ सय निर्धारण गरिएको छभने ए.सी.सहितको वसमा ३२ सय भाडा दर कायम गरेकोे छ । वस ३५ सिट क्षमताको रहेको प्रालिले जनाएको छ ।

कमेन्टहरु
Loading...