प्रविधि र सीपमूलक शिक्षाबिना समाजवादको कल्पना गर्न नसकिने ःसभासद थापा

माघ, २१ पोखरा /सभासद एवम् नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले प्रविधि र सीपमूलक शिक्षाबिना अब समाजवादको कल्पना गर्न नसकिने बताउनुभएको छ । भवानी कालिका उच्च मावि लेखनाथ ५ को ५९औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै सभासद थापाले सो कुरा बताउनुभएको हो ।

उहाँले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर कायम गर्न सबैले एक भएर पहल गर्नुपर्नेमा जोड दिँर्दै राज्यको लगानीअनुरुप प्रतिफल प्राप्त नभएकोमा चिन्ता व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य बिष्णु अधिकारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका राजेन्द्र लामिछाने, एमाओवादीका विनय थापा, गण्डकी बोर्डिङ स्कुलका प्राचार्य रवि बराल, इ. वसन्तमोहन भट्टराई, शिक्षासेवी कृष्णमोहन भट्टराईलगायतका वक्ताले शुभकामना दिनुभएको थियो ।

सो अवसरमा विद्यालयका विभिन्न क्ष्ोत्रमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृतसमेत गरिएको थियो । यस्तै, कास्कीको भदौरेतामागीमा रहेको बहादुरे उच्च माविको ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलवार सम्पन्न भएको छ । नेपाल सेकोरस अफ् बेल्जियमका सेक्रेटरी विन्दुराज तिमिल्सिनाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कक्षा ११ र १२ का छात्राहरुलाई अष्ट्रेलियाबाट प्राप्त ५० हजारमध्ये पहिलो वर्षको छात्रवृत्तिस्वरुप २५ हजार रुपैयाँ वितरण गरिएको थियो ।

कार्यक्रममा प्राचार्य नवीनराज पौडेलले शैक्षिक प्रतिवेदन पेस गर्नुभएको कार्यक्रममा समाजसेवी सुन्दरकुमार गुरुङबाट १ लाख रुपैयाँ विद्यालयलाई हस्तान्तरण गर्नुभयो । उहाँले ५ वर्षसम्म सहयोग निरन्तर दिने प्रतिबद्धतासमेत जनाउनुभयो । विद्यालयका सबै विद्यार्थीलाई नेत्रपाणि ट्रष्टबाट स्वेटर वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सु हस्तबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षासेवी रामप्रसाद पौडेल, आसबहादुर गुरुङ, भदौरे क्लबका अध्यक्ष आइन्दल गुरुङ, दाताहरु कृष्णबहादुर गुरुङ, सुन्दर गुरुङ र विद्यार्थी नवराज पौडेललगायतका वक्ताले विद्यालयको शैक्षिक एवम् अन्य गतिविधिका बारेमा बोल्नुभएको थियो ।

कमेन्टहरु
Loading...