पोखरा । नेपाली काँग्रेस कोभिड १९ सूचना समिति कास्कीले बुधबार दुई वटा स्वास्थ्य संस्थालाई सहयोग गरेको छ ।
समितिले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं २ स्थित नागडाँडा स्वास्थ्य चौकी र माछापुच्छ«े गाउँपालिका २ स्थित सार्दीखोला स्वास्थ्य चौकीलाई सहयोग गरेको हो ।
दुवै स्वास्थ्य संस्थालाई एक÷एक वटा अक्सिजन कन्सन्ट्रेटर मेशिन र स्वास्थ्य सामाग्री सहयोग गरेको हो । समितिका संयोजक दिवसमान प्रधानाङ्गले ति सामाग्री हस्तान्तरण गरेका थिए । यसअघि पनि समितिले स्वास्थ्यकर्मीका लागि पिपिई सहयोग गरेको थियो ।
कार्यक्रममा बोल्दै संयोजक प्रधानाङ्गले महामारीमा बेला सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले समितिको तर्फबाट सहयोग जारी रहने उल्लेख गरे ।