म्युजिक सेन्टरमा सरस्वती भक्ति संगित

पोखरा २१, माघ/बसन्तपञ्चमी अर्थात श्रीपञ्चमी पर्व यस अवसरमा देश भर मंगलबार बिद्याकी खानी सरस्वतीको पुजा आजा तथा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । यसै अवसरमा पोखरा रानीपौवामा रहेको जोजिजू म्यूजिक सेन्टर (म्युजिक स्कुल) ले मंगलबार सरस्वती पुजा गायन तथा भक्ति संगित कार्यक्रम आयोजना गर्यो ।

बिद्याकी खानी सरस्वतीको पुजा तथा भक्ति संगित कार्यक्रममा स्कुलका प्रशिक तथा प्रशिक्षार्थीहरु विच मंगलबार सम्पन्न भएको स्कुलका निर्देशक गायक विनित जोजिजूले बताए ।कार्यक्रममा स्कुलका व्याबस्थापक सानु जोजिजू, प्रशिक्षक एंव गायक करण तामाङ, कार्यक्रम संयोजक युवराज अधिकारी लगायतले बिद्याकी खानी सरस्वतीको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा करण, पुष्पा, शोभा गुरुङ, अम्बीका, समरि थापा, युवराज अधिकारी लगायतले सरस्वती पुजा एवं गायन प्रस्तुतः गरे । यसै विच भैरव सांस्कृतिक संरक्षण समिति पोखराले पनि मंगलबार पोखरामा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण कार्यक्रम आयोजना गर्यो ।

कमेन्टहरु
Loading...